मंगलबजार क्षेत्रमा आजदेखि ‘वान वे’ प्रणाली लागु

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन मंगलबजार क्षेत्रमा आज मंगलवारदेखि ‘वान वे’ प्रणाली लागु गर्ने भएको छ । सवारी चाप र साँघुरो बाटोका कारण सवारी ओहोरदोहोरमा समस्या भएपछि महानगरले पाटन दरबार क्षेत्रको महापाल चोकबाट मच्छिन्द्रवहाल, लगनखेलतर्फ जाने सबै किसिमका सवारी–साधनलाई ‘वान वे’ गरेको हो।

यी क्षेत्रमा सबै प्रकारका सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म वान वे गरिएको महानगरले जनाएको छ । पैदल यात्रीलाई अवरोध हुने गरी सडक पेटीमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही स्वरुप जरीवाना प्रकृया समेत चाँडै शुरू गरिने मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?