मन्त्रिपरिषद बैठकः यी हुन् महत्वपूर्ण ३२ निर्णय

काठमाडौं – फागुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ३२ वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले आज प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले सोही दिन संसद् बैठक आव्हान गरिसकेकी छन् ।

फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?