काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र प्रक्रिया अपनाएर नयाँ सरकार बनाउन नेकपाका प्रचण्ड-नेपाल पक्षलाई सुझाएका छन् ।
सो प्रक्रियाबाट प्रचण्ड–माधव नेपाल वा जो प्रधानमन्त्री बनेपनि आफूहरुलाई कुनै फरक नपर्ने उनले बताए । ओलीले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको र साढे १ (डेढ) वर्षपछि फेरि दुई तिहाइसहितको बहुमत ल्याएर प्रतिपक्षमा बस्ने बताए ।
‘विधि प्रक्रियामार्फत आउनुस् हामी मान्छौं’ सोमबार पोखरामा आयोजित आफू निकट नेकपाको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मानेर केही हुँदैन डेढ वर्षसम्म हामी प्रतिपक्षमा बस्छौं, डेढवर्ष प्रतिपक्षमा बसेपछि हामी दुई तिहाइको बहुमतसहित हामी सरकार जानेछौं । ’
उनले आफूहरुलाई कुनै ढाँटछल र टिकडम गर्नु नभएको भन्दै ओलीले आफूहरुको एकमात्र उद्देश्य देश बनाउनु भएको पनि दावी गरे । देश बनाउने अभियानमा जनताको साथ रहने ओलीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया