काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले राम्ररी काम गर्न नदिएको र ससंदलाई बेहाल अवस्थामा पुर्याएको आरोप लगाउँदै त्यस्तो बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताए ।
“संसदको बेहाल बनाएको । सरकारलाई राम्ररी काम गर्न नदिएको । हामीले थुप्रो काम गरेका छौँ । बलजफ्ती काम गरेका छौँ । हामीले चल्दै नचल्ने भएपछि, समय बर्बाद हुने भएपछि प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरियो ।” प्रधानमन्त्री ओलीले भने ।
संसद विघटनपछि देश निर्वाचनमा गइसकेको र सर्वोच्चको फैसलाले निर्वाचनमा जाने कुरा रोकिएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने- “फेरी देश अन्यौलमा फस्यो । जे भएपनि सर्वोच्च अदालतले जे निर्णय गर्यो त्यो हामी स्वीकार्न तयार छौँ ।”
त्यस्तै संविधानको धारा ७६ को उदाहरण दिँदै प्रधानमन्त्री ओलीले विभिन्न लोकतान्त्रिक देशहरुले सरकारलाई बाधा अड्चन आएपछि विघटनको बाटो लिने गरेको समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया