राष्ट्रपति भण्डारीद्वारा बुधवार अपरान्ह ४ बजे संसद बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते बुधवार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधवार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम बुधवार अपरान्ह ४ बजे बैठक बोलाउन रिफारिस गरेको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गर्ने कदमलाई सर्वोच्च अदालतले फागुन ११ गते उल्ट्याइदिएको थियो । सर्वोच्चले संसद पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन भनेको थियो । त्यसै अनुसार शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?