बस्यो प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक बसेको छ । केहिबेरअघि प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा शुरु भएको स्रोतले जनाएको छ ।

आजको बैठकमा आगामी दिनमा कसरी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आगामी फागुन २३ गते संसद बैठक बोलाइएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

त्यस्तै प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारीमा रहेका छन् ।

त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् । तर दुवै दलले नेकपाभित्र विवाद रहेका कारण प्रष्ट नभएसम्म कुनै पनि पक्षलाई समर्थन नगर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?