काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई पदमुक्त गरेका छन् । सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डलाई सूचना चुहाएको आरोपमा थापाले तामाङलाई पदमुक्त गरेका हुन् ।
सचिवालयमा बसेर प्रचण्डसँग पदको बार्गेनिङ गरेको र युवा संघको एकता भाड्ने काम गरेकाले उनलाई हटाइएको मन्त्री थाप निकट स्रोतले जनाएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पूर्वमाओवादी पृष्ठभूमीका गृहमन्त्री थापा खुलेरै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया