मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना घाइते

काठमाडौं । तनहुँको व्यास नगरपालिका-२ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका-२ मालेबगरका २२ वर्षीय विवेक थापामगर रहेका छन् । दुर्घटनामा मोटरसाइकल सवार २० वर्षीया रजनी गुरुङ घाइते भएकी छिन् ।

थामपागरले आफ्नो मोटरसाइकलको नियन्त्रण गुमाएपछी दुर्घटना भएको थियो ।  उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?