काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
चिकित्सा शिक्षा ऐनमा नै एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था रहेको स्मरण गराउँदै डा. केसीले केयूको सिनेट बैठकमा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने विषय उठेकोप्रति विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका हुन् ।
“चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ। अहिले नै काठमाडौं विश्वविद्यालय अन्तर्गत् झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा छन्,” विज्ञप्तिमा भनिएको छ, “तीमध्ये धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय अस अगाडिका सिनेट बैठकमा समेत उठेको छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया