काठमाडौं । बृहत् नागरिक आन्दोलनले ‘विकासका नाममा जारी प्रतिगमन विरुद्ध’ आज शुक्रवार माइतीघर मण्डलमा प्रतिरोध गर्ने भएको छ। बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा विभिन्न खलः पुचः/मोर्चा/अभियानले आज बिहान १० बजे प्रतिरोध गर्न लागेका हुन्।
बालाजुको बाइपासमा जारी सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्तालाई सरकारले फागुन १२ गते गिरफ्तार गरेपछि उनीहरुले बिहीवार प्रेस विज्ञप्ति निकालेर त्यसको विरोध गरेका थिए ।
‘केन्द्र सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार र जनताको उठिबासको काम रोक्का गर्न सर्वोच्च अदालतबाट जारी अन्तरकालीन आदेशलाई समेत ठाडै बेवास्ता गर्ने तथा उल्टै पीडित र अभियन्ताहरुमाथि दमन गर्ने-गराउने जुन काम गरेका छन्, त्यसको हामी विरोध र भर्त्सना गर्छौं’, विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया