कोभाक्स सुविधाबाट प्राप्त कोरोनाविरुद्धको खोप घाना पुग्यो

RSS
0
Shares

आक्रा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा खरिद गरिएको कोभाक्स सुविधाको खोप अफ्रिकी मुलुक घाना पुगेको छ ।

डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको हो ।

घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित ६ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ । यो खोप आज बुधवार घाना पुग्दैछ ।

उक्त खोप मुम्बईबाट घाना पठाइएको छ । कोभाक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?