काठमाडौँ– डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेत कार्यालयका तत्कालीन प्रमुख उपसचिव भक्तबहादुर लामालाई दोषी ठहर गर्दै एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना सुनाएको छ । त्यस्तै उनलाई घुस दिने कमलबहादुर शाहीलाई पनि एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको इजलासले उनीहरूलाई दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको हो ।
काठ–दाउराको छुट पुर्जी म्याद थप गर्न शाहीसँग लामाले चार लाख घुस लिएका थिए । अदालतमा गएर उपसचिवलाई फाइदा हुने गरी बयान गरेपछि आयोगले शाहीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया