अवैध लागूऔषध गाजाँ नष्ट गरेर फर्कीएका प्रहरी टोलीमाथि आक्रमण, २ राउण्ड हवाई फायर

मकवानपुर । राक्सिराङ गाउँपालिका १ कुपिनटारमा प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् ।

१८ क्विन्टल अवैध लागूऔषध गाँजा बरामद गरी जलाएर नष्ट गरि फर्किएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

राक्सिराङ गाउँपालिका९ १ गाल्छाराङमा बारीमा लुकाइराखिएको अवस्थामा १८ क्विन्टल गाँजा हिजो (शनिवार) प्रहरीले बरामद गरेको थियो ।

हिजो राती १० बजेतिर भएको झडपमा प्रहरीले दुईपटक हवाई फायर गरेको मकवानपुर प्रहरीले जनाएको छ । झडपमा तीनजना घाइते भएका छन् ।

प्रहरीको कामकारबाहीमा बाधा पुर्‍याएको भन्दै स्थानिय ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?