एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पृथ्वीबाट उडेको सात महिनापछि मंगल ग्रहमा अवतरण गरेको छ । जमिनबाट पठाइएको सात महिनापछि ‘पर्सिभेरेन्स रोभर’ नाम दिइएको सो यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगल ग्रहमा सफल अवतरण गराउनु सबैभन्दा ठुलो चुनौती ठानिएको थियो । मंगल ग्रहमा अवतरण गर्नासाथ यानले एक तस्बिर ट्विट गरेपछि नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरू खुसीले उफ्रिएका थिए।‘
सन् १९७० पछि नासाको यो पहिलो मिसनको काम मङ्गल ग्रहमा जीवनको सङ्केत खोजी गर्ने छ। बीबीसीका अनुसार यस यानले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौँ वर्ष पहिले माइक्रो अर्गानिज्मको चिह्न वा गतिविधि रहे/नरहेको विषयमा अनुसन्धान गर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया