काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज शुक्रवार पनि बत्ती जाने भएको छ । बालाजु वितरण केन्द्रअन्तरगतको धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा सो समयमा विद्युत कटौती हुनेछ । तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया