प्रजातन्त्र दिवस: पाँच सय ९५ कैदीलाई रिहा गरिने

काठमाडौँ– सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको जनाइएको छ ।

कागागार व्यवस्थापन विभागले असल चाल–चलन भएका, वृद्धवृद्धालगायतका  कैदीको कैद मिनाहाका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?