बेइजिङका नगरलाई कोरोनाको उच्च र मध्यम जोखिममा विभाजन

RSS
0
Shares

बेइजिङ । चीन सरकारका स्वास्थ्य अधिकारीहरुले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरहरुका रुपमा विभाजन गरिएको जनाएका छन् ।

सो कुराको जानकारी बेइजिङका अधिकारीहरुले हिजो मंगलवार पत्रकार सम्मेलन गरेर दिएका प्राप्त समाचारमा जनाइएको छ ।

मंगलवार दिइएको सो जानकारी अनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलवार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ ।

मानिसका ठूलो बस्ती रहेका यहाँका अरु नगरहरु भने यसअघि नै कम जोखिमयुक्त बस्ती तथा नगरका रुपमा लिइएको छ ।

यहाँका अधिकारीहरुले नागरिकको बस्ती तथा नगरको घनत्व पनि हेरेर त्यहाँ महामारीको के कस्तो अवस्था छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् ।

यदि उच्च जोखिमयुक्त अवस्थामा ती बस्ती र नगर रहेको अवस्थामा भने सफा गर्ने, स्यानिटाइज गर्ने र नागरिकहरुलाई सतर्क रहन आग्रह गर्ने गरिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?