चीनले ‘सुपर हिरो’ बनाउन लागेको हो ? यस्तो भए के होला ?

एजेन्सी । हलिउड चलचित्र हेर्नेहरुका लागि ‘क्याप्टेन अमेरिका’ र ‘आइरन म्यान’ कुनै नौलो नाम होइन । ‘सुपर पावर’ भएको काल्पनिक पात्र क्याप्टेन अमेरिका र आइरन म्यान जस्तै सैनिक वास्तविक जीवनमा बनाए के होला ? झट्ट सुन्दा असम्भव लागे पनि अहिले विश्वका शक्ति केन्द्रहरु यसैको होडबाजीमा लागेका छन् । चीनले यस्तै काम गरिरहेको अमेरिकी खुफिया एजेन्सीले संकेत गरेको छ ।

चीनले क्याप्टेन अमेरिकाको आफ्नै सँस्करणमा सुपर सैनिक बनाउन लागेको बीबीसी हिन्दीले जनाएको छ । गत वर्ष अमेरिकाको नेशनल इन्टेलिजेन्सका पूर्व निर्देशकले चीनमाथि यस्तै प्रयोग गर्न आरोप लगाएका थिए । चीनले पिपल्स लिबरेसन आर्मीको क्षमता बढाउन खतरनाक प्रयोग गरिरहेको उनको आरोप थियो । यद्यपी चिनले सो आरोपको खण्डन गर्दै आएको छ ।

यस्तै सन् २०१४ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक पत्रकार सम्मेलनका  क्रममा नयाँ प्रयासको घोषणा गर्दै आइरन म्यान बनाउने बताएका थिए । त्यस समयमा मानिसहरुले मजाक सम्झेर हाँसे पनि अमेरिकी सैनिकले यो प्रोजेक्ट शुरु गरिसकेको जनाइएको छ ।
सेनाले एक प्रकारको सुरक्षात्मक सुट बनाइरहेको छ जसलाई ‘टेक्टिकल असल्ट लाइट अपरेशन सुट (टालोस) नाम दिइएको छ । तर यो प्रोजेक्ट असफल भएपछि घाषणाको ५ वर्षपछि यो प्रोजेक्टलाई बन्द गरियो ।

सन् २०१७ मा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आणविक बम भन्दा पनि खतरनाक हतियार बनाउन मानिसहरु उद्दत रहेको चेतावनी दिएका थिए । जसबाट पनि ओबामाको घोषणालाई सामान्य रुपमा लिन सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?