सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
राती साँढे ७ बजेको समयमा प्रदेश १-०२-०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका-४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिँदा घाईते भएका साहको उपचारको क्रममा धरानको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया