अनधिकृत बोर्ड राख्ने सवारी साधनलाई कारबाही

RSS
0
Shares

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालन हुने बसमा अनधिकृत बोर्ड राखेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । पुग्नुपर्ने स्थानभन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि प्रहरीले गरेको जाँचका क्रममा ४० बसलाई कारवाही गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए । उनका अनुसार २१ बसलाई कारवाही गरी छाडिएको र १९ बसका कागजपत्र नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?