काठमाडौँ- भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालिको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले उद्घाटन गरेका छन् ।
‘पैसा पठाउन, पाउन र तिर्न पेवेल नेपाल’ भन्ने नाराका साथ भुक्तानी प्रणालीमा नयाँ आयाम, सोचका साथै गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त र ग्राहकमैत्री सेवा दिने उदेश्यसहित कम्पनीले सेवा थालेको हो ।
वित्तीय शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य , होटल , पर्यटन जस्ता व्यवसायिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा स्थापित पेवेल नेपाल एक डिजिटल वालेट कम्पनी हो ।
यसले विभिन्न कारोवारहरुको लागि डिजिटल मुक्तानी सेवा सम्बन्धि कार्य गर्नेछ । यस कम्पनीले मुलतः विधुत, खानेपानी, हस्पिटल, होटल, रेस्टुरेन्टको बिल भुत्तानी गर्न टेलीफोन, इन्टरनेट,टेलिभिजन रिचार्ज गर्न, स्कुल कलेजका फि तिर्न , हवाइ टिकट खरिद गर्न लगायतका अन्यका लागि यसको प्रयोग गर्न सकिन्छ ।
‘भुक्तानी गर्न र सहज, सस्तो , भरपर्दो र सुरक्षित तवरले रकम पाउन, पठाउन, डिपोजिट गर्न र झिक्न , सेयर खरिद बिक्रीको भुक्तानी , सरकारी राजस्व भुक्तानी लगायतका सेवाहरुको डिजिटल माध्यमबाट भुक्तानी गर्ने कार्य गर्नेछ ।’ काम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भरपर्दो इन्टरनेट सेवा नपुगेका स्थानमा अफलाइन प्रविधिमार्फत भुक्तानी सेवा उपलब्ध गराउने तयारी गरेको पानो कम्पनीले जनाएको छ ।
यस कम्पनीको एप्लिकेशन ‘Paywell Nepal’ एण्ड्रोइड मोबाइलको प्लेस्टोर र IOS को एप स्टोरबाट सजिलै डाउनलोड गरी सञ्चालन गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया