दुर्घटनामा कलाकार गहतराजको मृत्यु

काठमाडौँ– तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ ।

बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

२६ बर्षिया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् । उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेकाे कलाकार किशाेर थापा मगरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?