काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकु समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले आज (सोमवार) पुष्टि गरेको छ ।
फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाई कारबाहीमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ । तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया