कोरोना अपडेट: आज ११९ जना थपिए, दुई जनाको मृत्यु

RSS
0
Shares

काठमाडौँ– थप ११९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । थप दुई हजार २५१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ९३ हजार ४१७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ७२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको छ ।

हाल देशभर एक हजार ८१५ सक्रिय सङ्क्रमित रहेका छन् । अहिले ९२ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ५६ सङ्क्रमित आइसीयुमा तथा ११ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश–२ को धनुषामा एक, बागमती प्रदेशको काठमाडौँमा ४३, काभ्रेपलाञ्चोकमा तीन, चितवनमा सात, धादिङमा एक, नुवाकोटमा दुई, भक्तपुरमा चार, ललितपुरमा आठ र सिन्धुपाल्चोकमा एक, गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा तीन, तनहुँमा चार, पर्वतमा एक, म्याग्दीमा तीन र लमजुङमा छ, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक, दाङमा तीन, नवलपरासीमा एक, पाल्पामा दुई र बाँकेमा पाँच तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?