काठमाडौँ- चीनले नेपाललाई खोप दिने भनि दुई पटक औपचारिक रुपमा घोषणा गरिसकेको छ ।
५ दिनअघि चिनियाँ दूतावासले ३ लाख डोज खोप दिने घोषणा गरेकोमा शुक्रवार फेरि थप २ लाख खोप दिने घोषणा गरेको छ । चीनले नेपाललाई दिन लागेको सिनोफार्म कोरोना खोप हो । तर यसले अहिलेसम्म आपतकालीन अनुमति पाएको छैन ।
शुक्रवार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बीच भएको टेलिफोन वार्तामा वाङल सोही खोप दिने घोषणा गरेको बताइएको छ । उक्त खोप कम्पनीलाई प्रि–क्लिनिकल ट्रायलको कागजात पेश गर्न औषधि व्यवस्था बिभागले अनुरोध गरेको भएपनि सम्बन्धित कम्पनीले प्रक्रिया पुरा गर्न नसक्दा हालसम्म अनुमति पाउन नसकेको हो ।
हालसम्म नेपालमा भारतीय कम्पनी अक्सफोर्ड एक्स्ट्राजेन्काले मात्रै अनुमति पाएको छ भने सोहीअनुसार भारतबाट १० लाख अनुदानमा ल्याएर ल्याउन थालिसकिएको छ । दुई महिना अगाडि औषधि बिभागले आपतकालीन प्रयोगका निम्ति खोप दर्ता गर्न सार्वजनिक सूचना निकालेको थियो ।
त्यसबेला नै चीनको सिनोफार्म, बायोटेक, सेरम कम्पनीको निबेदन परेको थियो । खोप दर्ता प्रक्रियाको लागि सम्बन्धित देशले दिएका आधिकारिक प्रमाण, प्रि क्लिनिकल अध्ययनमा भएका उपलब्धि र नतिजाको सारांश आवश्यक पर्ने हुन्छ । तर चीनको सिनोफार्म कम्पनीको खोप दर्ताका लागि आवश्यक कागजात अपुग भएको कारण औषधि व्यवस्था बिभागले अनुमति दिन नसकेको जनाएको छ ।
उसो त चिनियाँ कम्पनीको खोप प्रभावकारिता कति भरपर्दो भन्नेपनि खुल्न सकेको छैन । यस्तै अहिले चीनले अनुदानमा दिएपनि सोही खोप किन्दा भारतीय कम्पनी सेरमको भन्दा महँगो पर्ने औषधि व्यवसायीहरु बताउँछन् । कतिपयले चिनियाँ खोपको विश्वसनीयतामाथि नै प्रश्न पनि उठाएका छन् । अहिले चीनले अनुदानमा खोप दिने घोषणापछिको स्वार्थ व्यापार नै जोडिएको बताइएको छ ।
सिनोफर्मको खोपको आधिकारिता प्राप्त भएपछि उक्त खोपलाई नेपाली बजारमा प्रति डलर १९.३० मा बेच्ने योजना बनाइएको स्रोतको दावी छ । औषधि उद्योगहरूले जनाएअनुसार ५ लाख डोज खोप उपहारमा दिने चिनियाँ घोषणले नेपालीहरूको स्वास्थ्यसँग कुनै सरोकार राख्दैन, बरु उसको सो प्रस्ताव भारतको खोप मैत्रीको पहलमा प्रतिरोध गर्ने प्रयासबाट बढी प्रेरित रहेको उनीहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया