दमौली । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड)ले तनहुँ जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न प्रकारका सहयोगी तथा सरसफाइका सामग्री वितरण गरेको छ ।
रिसेडले दुई जना अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई दिसा–पिसाब गराउन सजिलो हुने ट्वाइलेट चियर, २२ अपाङ्गता भएका महिलालाई स्यानीटरी प्याड, २८ अति तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई विभिन्न साइजका डाइपर र २४ जनालाई सरसफाइका लागि स्यानिटाइजर र दुई जनालाई वैशाखी वितरण गरेको हो ।
राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ र गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले अपाङ्गता भएका व्यक्तिलाई उक्त सामग्री शनिबार वितरण गरेका हुन् । सो अवसरमा उनीहरुले रिसेडले कोभिडबाट प्रभावित भएका अपाङ्गता भएका व्यक्तिलाई गरेको सहयोगको प्रशंसा गरे ।
ट्वाइलेट चियर पाएका धर्मबहादुर अधिकारीले निरन्तर अरुको सहयोगमा शौच गर्नुपर्दा ज्यादै असजिलो भएकामा अब ट्वाइलेट चियर पाएपछि आफ्नो सरसफाइ तथा स्वास्थ अझ राम्रो हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकी प्रदेश तथा युएनएफपिएको सहयोगमा सो सामग्री वितरण गरिएको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया