इतिहासमा आज : ४४४ दिन ईरानको बन्धकमा रहेका अमेरिकाका ५२ नागरिक रिहा भए

काठमाडौं । ईरान र अमेरिकाको सम्बन्ध कहिल्यै राम्रो भएको देखिएन ।

४१ वर्ष पहिलाको एक घटनालाई आज पनि ईरान बन्धक संकटको नामले पुकार्ने गर्दछ । १९५३ मा ईरामा सत्तामा कोलाहाल थियो ।

अमेरिकी जासूसी एजेन्सीले बेलायतसँग् मिलेर त्यो बेलाका ईरानी प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई सत्ताबाट फालेका थिए । त्यसपछि उनको स्थानमा रजा पहलवीलाई सत्ता दिइयो । यसको नतिजा ईरानी क्रान्तिको रुपमा देखियो । यस क्रान्तिले शाह मोहम्मद रजालाई देश छोडेन बाध्य बनायो । यहिँबाट ईरानमा गणतन्त्रको स्थापना भयो ।

साथै अर्को घटना थियो त्यो बेला ईरानले अमेरिकी एम्बेसीका ६६ कर्मचारीलाई बन्धक बनाएको थियो । बन्धक संकट शुरुवात ४ नोभेम्बर १९७९ मा भएको थियो ।

अमेरिकाले ईरानी शाहलाई अमेरिकामा उपचार गर्ने अनुमति दियो । यसको विरोधमा तेहरानमास्थित अमेरिकी एम्बेसीलाई ईरानी विद्यार्थीले आफ्नो कब्जामा लिए र यसको नेतृत्व त्यहाँका नेता आयतुल्लाह खुम्यानीले सम्हालेका थिए ।६६ अमेरिकी नागपिरकलाई छोड्न उनले अस्विकार गरे ।

दुई हप्तापछि अमेरिकीलाई छोडिएको थियो । तर ५२ जनालाई छोड्न मानेनन् । त्यो बेला अमेरिकामा जिम्मी कार्टर राष्ट्रपति थिए । उनले धेरै कोशिस गरे पनि आफ्ना सबै नागरिकलाई छोडाउन सकेनन् ।

यसपछि इगल क्लो मिशनको शुरुवात भयो । यो मिशनमा ८ अमेरिकी सैनिकले आफ्नो ज्यान गुमाए । यसमा रजा पहलवीको क्यान्सरका कारण मृत्यु भयो । तर ईरानमा संकट जारी रह्यो ।

१९८० मा अमेरिकामा राष्ट्रपति चुनाव भयो । जिम्मी कार्टर हारे र नयाँ राष्६्रपति रोनाल्ड रीगन बने । त्यसपछि उनले ईरानसँग वार्ता शुरु गरे । परिणाममा अमेरिकाले ८ बिलियन डलर ईरानलाई दिनुपर्यो ।

अमेरिकाले यो शर्त मानेर २० जनवरी १९८१ अर्थात् ४४४ दिनपछि बन्धकलाई छोडिदियो । यी सबै बन्धक ५ दिनपछि २५ जनवरीमा अमेरिका पुगेका थिए ।

त्यस्तै आजकै दिन भ्याक्यूम पम्पका आविष्कार गर्ने रोबर्ट बयलको जन्म भएको थियो । आजकै दिन १६२७ मा आयरल्याण्डको मन्स्टर शहरमा उनको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?