काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्ने कुनै योजना नभएको बताइएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले संवाददातासँग कुरा गर्दै यसको जानकारी दिएकी हुन् ।
ट्रम्पले ह्वाइट हाउसबाट जानु भन्दा पहिला बाइडेनलाई पर्सनल म्यासेज छोडेका थिए ।
त्यसपछि बाइडेनले ट्रम्पसँग कुरा गर्ने बताएका थिए । ट्रम्प बाइडेनको शपथ ग्रहणमा सहभागी नबनीकनै ह्वाइट छोडेर गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया