डब्ल्यूएचओले भन्यो-‘डराउन आवश्यक छैन, सबैलाई भ्याक्सिन दिइनेछ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बुधवार कोरोना भ्याक्सिनलाई लिएर डराउन आवश्यक नरहेको बताएको छ ।

जसले भ्याक्सिन चाहन्छ त्यसले भ्याक्सिन पाउने बताउँदै डब्ल्यूएचओले यस्तो आग्रह गरेको हो ।

डब्ल्यूएचओकी असिस्टेन्ट डाइरेक्टर जनरल मेरिएन्जेला सिमाओले सबै देशका लागि भ्याक्सिन पुर्याउने बताइन् ।

१०० दिनभित्र सबैमा टीकाकरण हुने डब्ल्यूएचओले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?