काठमाडौं । रुसी विपक्षी नेता एलेक्जाई नाभाल्नीले सोमवार जनतालाई आन्दोलनमा उत्रिन अपिल गरेका छन् ।
युट्युबमार्फत भिडियो सन्देश जारी गर्दै नाभेल्नीले आन्दोलनको अपिल गरेका हुन् ।
‘यी भ्यागुता (भ्लादिमिर पुटिन) सबैभन्दा धेरै केसँग डराइरहेका छन् ? यी बंकर चोरहरु केसँग धेरै डराइरहेका छन् ? तपाईहरुलाई राम्ररी थाहा छ, उनीहरु मानिस सडकमा आउँछन् कि भनेर तर्सिरहेका छन् । त्यसैकारण तपाईहरु सडकमा आउन तर्सनुहुन्न । मेरा लागि होइन, तपाई र तपाईको भविष्यका लागि,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया