एन आई सी एशिया बैंकको एटिएम फुटाई चोरी !

काठमाडौं । एन आई सी एशिया बैंकको एटिएम फुटाइ चोरी गर्न लागेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका-५ घर भएका २८ वर्षीय कमल बहादुर धानुक रहेका छन् ।

आइतवार राति काठमाडौंको नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङ्गस्थित बैंकको एटिएम फुटाइ चोरी गर्न लागेको अवस्थामा धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले उनलाई खोजिरहेको साथै त्यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?