‘चेक बाउन्स’मा दोषी ठहर भएका तीन जना पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले चितवन भरतपुर महानगरपालिका १४ का रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरी नगरपालिका २ का विष्णु थापा र गोरखा गण्डकी गाउँपालिका २ का विष्णु अंगाईलाई पक्राउ गरेको प्रहरी प्रवक्ता गंगा पन्तले जानकारी दिईन् ।

विभिन्न बैंकका चेकहरु दिई झुक्याएको अभियोगमा उच्च अदालत पाटनले उनीहरु कसूरदार ठहर गरेको थियो । अदालतको फैसला पश्चात फरार रहेका तीनै जनालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवन पेस गरिएको व्यूरोले जनाएको छ ।

अदालतले अधिकारीलाई ५५ दिन कैद तथा २ करोड ३२ लाख २४ हजार एक सय जरिवाना तोकेको थियो । यस्तै थापालाई १७ दिन कैद र ५९ लाख ७९ हजार रुपैया जरिवाना तोकेको थियो भने अंगाईलाई एक वर्ष कैद र दश लाख रुपैंया जरिवाना तोकेको थियो ।

उनीहरुलाई बैंकिङ्ग कसुर ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?