विश्वमा कोरोनाबाट एकैदिन हालसम्मकै धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वमा मंगलवार अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । कोरोना भाइरसबाट मंगलवार विश्वभर १५ हजार ७३२ जनाको मृत्यु भएको हो ।

त्यस्तै मंगलवार मात्रै विश्वमा ६लाख ६४ हजार ८६० जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण १९ लाख ७० हजार १९९ जनाको मृत्यु भएको छ भने ९ करोड २० लाख १६ हजार १२५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६ करोड ५८ लाख ५१ हजार ३ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १० हजार ९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?