टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका-५ मा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिप्परले को ६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने टिप्पर  चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?