काठमाडौं । शहरी विकासमन्त्री प्रभु साह सवार ना १ झ ३८४२ नम्बरको भण्डावाल गाडीको ठक्करबाट एकजना घाइते भएका छन् ।
मन्त्री साह सवार गाडीको ठक्करबाट लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ वर्षीय फुच्चे तामाङ घाइते भएका हुन् ।
घाइते तामाङको खुट्टा र कम्मरमा चोट लागेको छ ।
पूर्व पश्चिम राजमार्गको हरिवनमा उक्त दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया