अमेरिकामा दोस्रो खोपलाई अनुमति

अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको दोस्रो खोप प्रयोगका लागि अनुमति दिएको छ । योसँगै खोपको दसौं लाख मात्रा वितरण गर्नका लागि बाटो खुलेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार मोडर्नाको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।
मोडर्नाको खोप प्रयोगका लागि अनुमति दिन सकिने सल्लाहकार समितिको सुझावसँगै एफडीएले त्यसको अनुमति दिएको हो । एफडीए सल्लाहकार समितिले बिहीबार २० मतका साथ खोपलाई अनुमोदन गरेको हो । खोप प्रयोगको अनुमतिबारेको निर्णयमा एक सदस्य तटस्थ बसेका थिए । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?