स्वास्थ्य अभियान्ता मन्दिरा श्रेष्ठ ‘ग्लोकल टीन हिरो-२०२०’ बाट सम्मानित

काठमाडौं । ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो ।

शनिवार भएको अनलाईन कार्यक्रमकोबीच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो । भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बिजेताको घोषणा गरेका थिए । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिएको थियो ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी : एकराज घिमिरे, बातावरण विद्स मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभियान्ता स् रीत काफ्ले, शिक्षिका स् सुभाश शर्मा, कोडर स् सुलव सुवेदी, नवप्रबर्दक र वैभव नाहटा, उद्द्यमीबीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।

विजेता श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ताकर्मी एवमं अभियान्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन् । उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भईरहेकी छिन् ।

त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयमसेवकको रुपमा काम गरिरहेकी छिन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन ।

देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालकाकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट दुईजना सम्मनित भएका छन र श्रीलंकामा एक किशोरी सम्मनित भएका छन् । वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तवार्तामा भएको थियो र आजको समारोहमा २०२० को बिजेता घोषणा गरिएको थियो ।

यस वर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), श्रीमती रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), श्री वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहेका थिए । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता विकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।

यस वर्ष प्रतिस्पर्धा विभिन्न स्कूल, कलेज र समुदायहरूमा अन्तर्क्रिरयात्मक सत्रहरू र अनलाइन सक्रियता कार्यक्रम मार्फत किशोर किशोरीहरूमा राष्ट्रव्यापी पुगेको थियो । स्थापनाको वर्षमा, यो काठमाडौं उपत्यका भित्र मात्र सिमित भयता पनि अहिले आवेदनहरू देशका विभिन्न कुनाबाट आएका थिए । देशका विभिन्न स्कूल र कलेजहरूमा सक्रियता र सूचना सत्र सञ्चालन पछि यस वर्ष किशोर किशोरीहरूको लागि कुल अनलाइन पहुँच दश लाख भन्दा बढी रहेको थियो ।

वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न

ग्लोकलले डिसेम्बर ९, १० र ११ गतेका दिन वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ । राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गरिएको थियो । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्र्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।

यस वर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण रहेको थियो भने अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, श्री लन्का, पाकिशतान तथा भीएतनाम लगाएतका देशहरुबाट उनीहरु सम्मेलनमा अन्लाईन उपस्थिती जनाएका थिए । उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो । प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?