सशस्त्रका ६ डिआईजीले पाए अवकाश

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ प्रहरी नायब महानिरीक्षक (डिआईजी) र १ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।

गृह मन्त्रालयल र सर्वोच्च अदालतले उनीहरुको विपक्षमा निर्णय गरेसँगै एक एसएसपीसहित छ डिआईजीले आजबाट अवकाश पाएका हुन् ।

अवकाश पाउनेमा डिआईजीहरू नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी र एसएसपी राजेन्द्र शाक्यले अवकाश पाएका हुन् ।

उनीहरु सेनाबाट आएको र १८ महिनाको तालिम सकिएपछि मात्र तलब पाइने भएकाले त्यसपछिको अवधिलाई जोड्न माग गरी सर्वोच्चमा रिट साथै गृहमा निवेदन दिएका थिए । उनीहरुको माग सुनुवाई नभएसँगै आजबाट स्वत अवकाश पाएका हुन् ।

प्रहरी स्रोतका अनुसार उनीहरुको अवकाशसँगै सशस्त्रमा सेनाबाट स्थानान्तरण भएका सबै उच्च अधिकारीले अवकाश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?