काडमाडौं । लोकपथ डटकमका कार्यकारी सम्पादक लभेश प्याकुरेललाई नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सम्मानित गरेको छ । पत्रकारिताका माध्यमबाट नेपालको समग्र आर्थिक विकास र सम्मुनतिमा योगदान पुर्याएको भन्दै नाफिजले उनलाई सम्मानित गरेको हो। यस्तै नाफिजले वरिष्ठ पत्रकार विकास थापालाई पनि सम्मानित गरेको छ ।
शनिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौ महासभामा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्याकुरेल र थापालाई सम्मान गरेका हुन् ।
नाफिजका अध्यक्ष सीताराम भट्टराईको सभापतित्वमा भएको पाँचौ महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपालमा आर्थिक पत्रकारिताको विकासका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउँदै आर्थिक पत्रकारहरुले विकास निर्माण र पारदर्शीतामा पुर्याएको योगदानको प्रशंशा गरेका थिए।
नाफिजको पाँचौ महासभाले आजै मोदनाथ ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया