कोरोनाबाट थप १५ जनाको मृत्यु, नेपालमा आज कति थपिए संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६८९पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ३५९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख २५ हजार ८६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?