काठमाडौं । खाद्यान्न तथा लत्ताकपडा वितरण गर्दै आइरहेको ‘हाम्रो टिम नेपाल’ सहयोगका लागि कालिकोट पुगेको छ ।
कोरोना महामारीपछि समस्यामा परेका नागरिकहरुलाई सहयोग गरिरहेको हाम्रो टिम नेपाल राहत सामाग्री वितरण गर्न कालिकोट पुगेको हो ।

यसैक्रममा ३ दिनको कठिन यात्रापछि २ घण्टाको पैदल यात्रापछि जिल्लाको तिलागुफा नगरपालिका वडा न ४ राचुलि को दलित बस्तिमा खाद्यन्न तथा लत्ताकपडा वितरण गरेको हो ।
हाम्रो टिम नेपालले राचुलिको दलित बस्तिमा पुगेर १३ घरपरिवारलाई खाद्यान्न, सिरक डसना ३७ जना बालबालिकाहरुलाई न्यानो लुगा र महिला पुरुष गरि ४१ जनालाई न्यानो कपडा वितरण गरेको हो ।
नेपालमा कोरोना महामारी शुरु भएसँगै समस्यामा परेका नागरिकहरुलाई चैत १४ गते देखि निःशुल्क खाना वितरण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया