२०२० मा टिकटकले फेसबुकलाई पछार्यो

काठमाडौं । चिनियाँ एप टिकटकले एक नयाँ रेकर्ड बनाएको छ । २०२० मा टिकटकले फेसबुकलाई पछि पार्दै सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ ।

‘App Annie’ को रिपोर्टका अनुसार २०२० मा सबैभन्दा धेरै डाउनलोड भएको एपमा पहिलो नम्बरमा टिकटक र दोश्रोमा फेसबुक रहेको छ ।

सबैभन्दा धेरै डाउनलोड भएका ५ एप्समा ४ फेसबुकका रहेका छन् ।

तेश्रो नम्बरमा ह्वाट्स एप, चौथोमा जूम र पाचौँमा इन्स्टाग्राम रहेका छन् । छैटौँमा फेसबुककै एप म्यासेन्जर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?