काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित थपिएका छन् ।
जसमा १६० जना महिला संक्रमित रहेका छन् भने २४४ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा अहिलेसम्म ९१ हजार ९०५ जनालाई कोरोना संक्रमण भएको छ भने ४३२ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ८६ हजार ७३८ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ७४५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै भक्तपुरमा अहिलेसम्म ९७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ८ हजार ३६१ जनालाई हालसम्म संक्रमण भएको छ भने ७ हजार ८५२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै भक्तपुरमा ४१२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ललितपुरमा हालसम्म १४ हजार १४३ जनालाई कोरोना संक्रमण भएको छ भने १२९ जनाको मृत्यु भएको छ ।
त्यस्तै १३ हजार ६४ जना संक्रमण मुक्त भएका छन् भने ९५० जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६६३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।
अहिलेसम्म नेपालमा १८ लाख १३ हजार २०४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया