राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उनकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

स्वर्गीय केसीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

खत्रीको ७७ वर्षका उमेरमा आफ्नै निवासमा निधन भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?