ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकै दिन ललितपुरकै गोदावरी नगरपालिकास्थित नवज्योति माविले कक्षा सञ्चालन स्थगित गरेको छ । विद्यालयका अनुसार दुई जना शिक्षक कोरोना संक्रमित भएपछि सतर्कताका लागि पठनपाठन बन्द गरिएको हो ।
शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय पुनःसञ्चालन गर्न सक्ने व्यवस्था गरेपछि देशभर शैक्षिक संस्था खोल्ने लहर चलेको छ । कोरोनाबाट शिक्षक, विद्यार्थी र अभिभावक संक्रमित हुँदा कतिपय स्थानीय तह र विद्यालयले कक्षा सञ्चालन स्थगित गरेका र पुनः सुरु पनि गरिरहेका छन् ।
संक्रमणको जोखिम कायमै रहेका बेला विद्यालय खोल्न हुने–नहुनेमा सरोकारवालाहरू नै विभाजित छन् । शिक्षकहरू भने अनलाइन कक्षा प्रभावकारी नभएकाले विद्यार्थीलाई कक्षाकोठामै ल्याएर पठनपाठन गराउनु बाध्यता भएको सुनाउँछन् ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया