नवजात शिशु खोल्सामा मृत अवस्थामा फेला, माईती घरमा बस्दै आएकी २६ बर्षीया पक्राउ

बुटवल । पाल्पाको तानसेन बजारबाट ७ किलोमिटर उत्तरमा रहेको बगनासकाली गाउँपालिका – १ खोरबारी भन्ने स्थानमा रहेको स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला पारेको छ ।

खोल्सामा फालिएको अवस्थामा भेटिएका नवजात शिशु (छोरा) हुन् ।

पाल्पा प्रहरीले दिएको जानकारी अनुसार शिशुको शव भेटिएको खबर आउनेबित्तिकै अनुसन्धान गर्दै जाँदा उक्त नवजात शिशु फाल्ने व्यक्तिले प्रहरीलाई नियन्त्रणमा लिइसकेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका – १४ घर भई बगनासकाली गाउँपालिका – ३ स्थित माईती घरमा बस्दै आएकी एक २६ बर्षीया दर्जी थरकी महिला रहेको प्रहरीले जनाएको छ ।

ति महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?