काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको कारण चिसो बढेको र केहि स्थानमा आज हिमपात समेत हुने जनाएको छ ।
आजको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू – भागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जनाएको छ ।
यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश न २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू – भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू – भागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै सुदुरपश्चिम प्रदेशको हिमाली भू – भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महशाखाको बुलेटिनमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया