कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि आज पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर परियारलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्यापश्चात् ठकुरी फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?