पटकथा लेख्नुहुन्छ ? चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’ का लागि माग्यो पटकथा

काठमाडौं । के तपाई चलचित्रको पटकथा लेख्नुहुन्छ ? यदी त्यसो हो भने चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि पटकथा आह्वान गरेको छ ।

बोर्डले एक सूचना प्रकाशन गर्दै पटकथाको माग गरेको छ । पटकथा पठाउनका लागि बोर्डले २१ दिनको अवधि तोकेको छ ।

बोर्डमा प्राप्त पटकथा मध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकता अनुसार विशेषज्ञता उपलब्ध गराउने पनि बोर्ड जनाएको छ ।

स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत गर्ने अभिप्रायले बोर्डले केही अघि स्टोरी बैंक स्थापना गर्ने पूर्वयोजना बमोजिम पटकथा माग गरेको हो ।

‘स्टोरी बैंक’ का लागि प्राप्त भएका स्टोरी मध्येबाट छानिएका ५ मौलिक स्टोरीमा फिल्म निर्माणका लागि राज्यले विभिन्न सुविधा उपलब्ध बोर्डले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?