चक्रपथ विस्तार : स्वयम्भु क्षेत्रलाई संरक्षण गरिने मन्त्री नेम्वाङको स्पष्टोक्ति

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताएका छन् ।

मन्त्री नेम्वाङले स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भेट गरी स्वयम्भु क्षेत्रलाई संरक्षण गरी जोगाउँदै सडक विस्तारको कार्य गरिने स्पष्ट पारेका हुन् ।

अभियन्ताहरुसँग उनले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचीको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्रभित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?